२३ भाद्र २०८१, आइतबार

रंगशालामा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

प्रकाशित मिति :  21 June, 2024 2:07 pm


काठमाडाैँ । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौँको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरू प्रस्तुत गरिएको थियो । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।

सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मुल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो ।

योगबारे जानकारी दिँदै योग साधक एवं वागमती प्रदेश योग खेलकुदसंघका अध्यक्ष केदारनाथ बस्ताकोटी यो स्वास्थ्यका लागि भएको बताए । युवालाई आसनको माध्यमबाट योग सिकाउनसके युवाहरू योगमा आकर्षित गर्न सकिने उनकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !