२६ पुस २०८१, शुक्रबार

संसद‍्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

प्रकाशित मिति :  21 June, 2024 6:53 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

शुक्रवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१\०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरूमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रस्तुत हुने कार्यसूचि रहेको र ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत नहुँदासम्मका सबै बैठकहरूमा सबै मान्य सदस्यहरूको अनिवार्य उपस्थिति हुन निर्देशन दिने निर्णय भएको बताए ।

उनले अनिवार्य रूपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन आग्रह गरे । उनले काँग्रेस अहिले संसदमा प्रतिपक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरू, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको भएको बताए ।

पछिल्लाे समयमा संघीय संसदका बैठकहरूमा सदस्यहरूको उपस्थिति पातलो भएकाले नेपाली काँग्रेसका सांसदहरूलाई संघीय संसदका बैठकहरूमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !