२३ भाद्र २०८१, आइतबार

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव

प्रकाशित मिति :  21 June, 2024 9:43 pm


काठमाडौं ।सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको  हो  ।

त्यस्तै  मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।



प्रतिक्रिया दिनुहोस !