१८ असार २०८१, सोमबार

माछापुच्छ्रे र अन्नपूर्ण बेसक्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

प्रकाशित मिति :  22 June, 2024 7:33 am


काठमाडौँ। नेपाल टेलिकमले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प रअन्नपूर्ण बेस क्याम्पक्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सो पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टूजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याएको प्रवक्ता हरि ढकालले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !