४ आश्विन २०८१, शुक्रबार

लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको घोषणा

प्रकाशित मिति :  15 May, 2020 6:59 pm


काठमाडाैं, २ जेठ ।

सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

सरकारको तर्फबाट आर्थिक बर्ष २०७७७८ बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालको भूमि भन्दै यसलाई समेटेर नक्सा सार्वजनिक गर्ने जानकारी गराईन् ।

भारतले अतिक्रमण गरेको भूमि प्राप्तका लागि ठोस कूटनीतिक पहल गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समय समयमा उठेका विषय समाधान गरिने सरकरको नीति तथा कार्यक्रममा समावेश छ ।



प्रतिक्रिया दिनुहोस !