१८ असार २०८१, सोमबार

नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध छः मन्त्री तामाङ

प्रकाशित मिति :  23 June, 2024 12:23 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवद्र्धन र विकासमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

आइतवार काठमाडौँमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित रहेको बताए।

उनले आर्थिक संकटका कारण चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न कठिन भइरहेको उल्लेख गरे। उनले नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको बताए।

प्रज्ञा प्रतिष्ठानको तर्फबाट सरकार समक्ष नयाँ र सिर्जनात्मक प्रश्ताव नआएका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खोजि गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र संवद्र्धनमा जोड दिने, बाल साहित्यको विकास गर्ने काम भइरहेको प्रति खुशी प्रकट गरे ।



प्रतिक्रिया दिनुहोस !