२३ भाद्र २०८१, आइतबार

राप्तीका २१ विपन्न परिवारलाई निशुल्क बाख्रा वितरण

प्रकाशित मिति :  26 June, 2024 7:46 am


काठमाडौँ । दाङको राप्ती गाउँपालिकाले विभिन्न वडाका २१ विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेको छ ।

विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रापालनमा आकर्षित गरि उनीहरूलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रतिपरिवार २ वटाका दरले ४२ वटा बाख्रा वितरण गरिएको हो।

गाउँपालिकाले गत बैशाख महिनामा विपन्न आयआर्जन कार्यक्रममा सहभागिताको लागि लक्षित समूहबाट आवेदन आह्वान गरेको थियो ।

सोही कार्यक्रममा आवेदन दिई बाख्रा पालन सम्बन्धी अभिमुखीकरण तलिम समेत लिएका उनीहरू सो बाख्रा वितरण गरिएको हो।



प्रतिक्रिया दिनुहोस !