१६ असार २०८१, शनिबार

स्याङ्जामा आँधिखोलाले बगाउँदा एकको मृत्यु

प्रकाशित मिति :  26 June, 2024 4:38 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजारमा आँधिखोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब ११:३० बजे पुतलीबजार नगरपालिका वडा नम्बर १४ पुतलीखेत बस्ने ३५ वर्षीय सूर्य भण्डारीलाई सोही स्थानबाट आँधिखोलाले बगाउँदा मृत्यु भएको हो।

भण्डारीलाई बगाएको भन्ने सूचना प्राप्त हुनासाथ उद्धारका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली खटिई गई खोजतलास गर्ने क्रममा करिब ३ बजे उनको मृत शरीर फेला परेको थियो।

उनको मृत शरीर बगेको स्थानदेखी करिब ९०० मिटर तल फेला परेको थियो। वडा नम्बर ३ स्थित आँधीखोलामा मृत अबस्थामा फेला परेको लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !