१३ पुस २०८१, शनिबार

महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं: सांसद खनाल

प्रकाशित मिति :  27 June, 2024 5:20 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेस गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए ।

उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गरे । खनालले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने बताए ।

उनले भने,”महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो । उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि रु केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस !