१७ असार २०८१, आइतबार

आजदेखि तीन दिन लगातार वर्षा हुने, अत्यावश्यक बाहेक यात्रा नगर्न चेतावनी

प्रकाशित मिति :  28 June, 2024 6:30 am


काठमाडौँ। आजदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखापूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) रहने भएकाले कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायूको प्रभावले शुक्रवारदेखि आइतबारसम्म देशभर साधारण देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक‍(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको भने गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसअवधिमा भारी वर्षा, भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागको पूर्वानुमान रहेको छ ।

यस अवधिमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक पूर्व तयारी गर्नुहुन तथा सतर्कता अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ ।

अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्दा सचेत रहनसमेत विभागले अनुरोध गरेको छ । विभागले हरेक तीन दिन अगाडिसम्मको मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !