१७ असार २०८१, आइतबार

जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छः पूर्वसभामुख सापकोटा

प्रकाशित मिति :  28 June, 2024 10:32 am


काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताए ।

उनले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे । उनले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताए ।

पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताए । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !