१७ असार २०८१, आइतबार

राज्यका सबै संयन्त्रहरूलाई गणतन्त्रमैत्री बनाउनुपर्छः सांसद गुरुङ

प्रकाशित मिति :  28 June, 2024 1:52 pm


काठमाडौँ । नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरु लोकतान्त्रिक हुन नसकेका बताएका हुन् ।

उनले राज्यका सबै संयन्त्रहरूलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराए । उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिश लिगेसीमा हुर्केको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको बताए ।

नेपाल प्रहरीमा चरम राजनीतिकरण भएर नेतापिच्छेका प्रहरीका हाकिम भएका उनले बताए । उनले नेपाली सेना र सशस्त्र प्रहरीपनि गणतन्त्रमैत्री हुन नसकेका बताए ।



प्रतिक्रिया दिनुहोस !