२३ भाद्र २०८१, आइतबार

स्याङ्जाबाट ४३ प्रतिशत उत्तिर्ण,सामुदायिक विद्यालयको नतिजा निराशाजनक

प्रकाशित मिति :  28 June, 2024 4:50 pm


फाइल तस्बिर।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेकाे एसईईको नतिजामा स्याङ्जाको नतिजा कमजोर देखिएको छ । स्याङ्जा शिक्षा विकास तथा समन्वय ईकाइका अनुसार जिल्लामा ४३ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण भएका छन् ।

स्याङ्जाबाट परीक्षामा सहभागी ४ हजार ७२ परीक्षार्थीमध्ये १ हजार ७ सय ७१ जना उतीर्ण भएको स्याङ्जा शिक्षा विकास तथा समन्वय ईकाइले जनाएकाे छ । जिल्लामा नन–ग्रेडिङ हुने विद्यार्थीको संख्या २ हजार ३ सय १ रहेको छ ।

त्यस्तै जिल्लाबाट त्रिभुवन आदर्श माविका १ जना विद्यार्थीको ४ जिपिए आएको छ । जिल्लाबाट एसईई परीक्षामा सहभागी १ सय ६८ विद्यालयहरूमध्ये १० वटा विद्यालयको नतिजा शून्य रहेको कार्यालयले जनाएको छ ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नन–ग्रेडिङ हुने व्यवस्था अनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक भएको हो ।

नयाँ पाठ्यक्रम अनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिकाको व्यवस्था अनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।

सो व्यवस्था अनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा देशभरीबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !