२३ भाद्र २०८१, आइतबार

धान बालीको आर्थिक, सामाजिक र साँस्कृतिक महत्त्व उच्च छः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  29 June, 2024 8:46 am


काठमाडौँ। जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक र साँस्कृतिक महत्त्व रहेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बताउका छन् ।

आज २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले खाद्य तथा पोषण सुरक्षामा मात्र नभएर धानले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादन तथा देशको अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान गर्ने भएकाले धानको महत्व उच्च रहेको बताएका हुन् ।

आन्तरिक उत्पादनले नपुगरे धान चामल आयात वर्षेनी बढ्दै गएको प्रति प्रधानमन्त्रीको चिन्ता छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “परनिर्भरतालाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, सिंचाइ सुविधा र प्रविधिको विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरूमा प्राथमिकता दिएको छ।”

उनले सरकारले आगामी आ.व. २०८१/८२ को बजेट वक्तव्यमा मसिना धानको प्रवर्धन तथा चैते धानको क्षेत्र विस्तारका विशेष कार्यक्रमहरू समावेश गरेको जनाएका छन्।

नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्‍चित गरेको र यसको कार्यान्वयनका लागि नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी भइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीति कार्यान्वयनमा छन्।”

जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा परेको नकारात्मक असरको न्यूनीकरण गरी धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको भनाइ उनको छ ।

यो वर्षको धान दिवसको मूल नारा ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ तय गरिएको छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा यो वर्षको धान दिवसको मुल कार्यक्रम चितवनको बछौलीमा हुँदैछ भने विभिन्न संघसंस्थाहरुको आयोजनामा देशभर कार्यक्रम गरिदैछ ।



प्रतिक्रिया दिनुहोस !