१८ असार २०८१, सोमबार

स्याङ्जामा पहिरोमा परी दुई जनाको मृत्यु

प्रकाशित मिति :  29 June, 2024 9:20 am


काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा पहिरोमा परी एकै परिवारका आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे बस्ने ३१ वर्षीय दुर्गा जिटी र निजको छोरी ३ वर्षीय निकिसा जिटी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

शुक्रबार राति परेको अविरल वर्षाको कारण घरभन्दा २५ मिटर माथिबाट आएको पहिरोले घरगोठ पूर्ण रूपले पुरिएको छ ।

ढुङगा माटो र टिनले छाएको १ तले घरमा सुतिरहेको जिटी परिवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

जिटीको घर नजिकै रहेको गोठमा रहेको एक वटा भैसीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !