१८ असार २०८१, सोमबार

किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  29 June, 2024 6:42 pm


काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले किसानालाई मलको अभाव हुन नदिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उहाँले यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताए । उनले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने बताए ।

प्रधानमन्त्री दाहालले खेतीबालीका लागि आवश्यक बीउविजनको व्यवस्था गर्न पनि सरकार लागि परेको बताए। उनले चितवनको खेतीबालीको लागि आवश्यक सिंचाईको व्यवस्था गर्न त्रिशुली नदीको पानी टनेल खनेर शक्तिखोर पु¥याउने विषयमा पनि सरकारले छलफल सुरू गरेको बताए ।

“मलको उचित व्यवस्थापनले मात्रै उत्पादन वृद्धिलाई मद्दत गर्नसक्छ । त्यसमा पनि नेपाल सरकारको गहिरो ध्यान छ । अहिले मलको कमी हुन नदिनका निम्ति धेरै मेहनत पछि अब मल आउँदैछ । तर त्यो मल आइसकेपछि पनि वितरण प्रणाली व्यवस्थित भएन भन्ने जनगुनासो पनि मैले सुनेको छु । त्यो वितरण प्रणालीलाईं व्यवस्थित गर्ने हो भने गत साल पनि मलको धेरै हाहाकार भएको होइन । मल आवश्यक मात्रामा व्यवस्था गरिएको हो । र यस वर्ष पनि मलको व्यवस्था हुन्छ । यो पनि एउटा तत्व हो भने उचित बीउविजनको विकास पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ,” उनले भने ।’

प्रधानमन्त्री दाहालले सरकारले खेतीवालीका लागि सिँचाईको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !