२३ भाद्र २०८१, आइतबार

बैंकर भण्डारीको ‘आफैँलाई नियाल्दा’ आत्मकथा सार्वजनिक

प्रकाशित मिति :  30 June, 2024 7:42 am


काठमाडौँ। बैंकर राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैँलाई नियाल्दा’ सार्वजनिक भएको छ ।

पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौंमा सो पुस्तकको विमोचन गरेका हुन्।

पुस्तकमा जीवनलाई कसरी सफलतातर्फ उन्मुख गराउने भन्नेकुरा उल्लेख गरिएको पूर्वमन्त्री भण्डारीले बताए।

उनले राजन नाताले काका परे पनि आफ्नो जीवनलाई सफल बनाएको र सो पुस्तकले मानिसलाई सफलतातर्फ उन्मुख हुने बाटो देखाउने विश्वास व्यक्त गरे।

मिनेट मिडियाद्धारा प्रकाशित सो पुस्तकमा भण्डारीले आफ्नो जीवनको सपना, संघर्ष र समृद्धिको आत्मकथा प्रश्तुत गरेका छन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !