१९ असार २०८१, मंगलबार

महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत

प्रकाशित मिति :  30 June, 2024 3:39 pm


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

आइतवार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताए ।

उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने बताए । उनले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !