१९ असार २०८१, मंगलबार

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्‍यो: सभापति लामिछाने

प्रकाशित मिति :  30 June, 2024 4:57 pm


काठमाडाैँ । उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् ।

आइतवार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुक अफ्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकुलतामा नहुने कुरा स्पष्ट भएको बताए । उनले मुलुक अफ्ठ्यारो जनता, किसानले नभइ नेतृत्वले नै पारेको जिकिर गरे ।

उनले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताए । उनले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए ।

“मुलुक त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकुल हुने रहेनछ । सधैँ अफ्ठयारो पर्ने रहेछ । त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन् । किसान, मजदुरले, काम गरेर खाने मान्छेहरूले कसले अफ्ठ्यारोमा पर्‍यो ? म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ”, उनले भने ।

उनले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !