१९ असार २०८१, मंगलबार

दुग्ध क्षेत्रको समस्या समाधानका गर्न १० बुँदे सहमति, कहिले हुन्छ दुग्ध किसानकाे भुक्तानी?

प्रकाशित मिति :  30 June, 2024 10:17 pm


काठमाडौँ । किसानले दुधको भुक्तानी नपाएको लगायतका समस्या समाधान गर्नका लागि सरोकारवालाबिच सहमति भएको छ।

आइतवार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलपश्चात सरकार, किसान, कृषि सहकारी तथा दुग्ध उद्योगीबिच १० बुँदे सहमति भएको हो ।

कृषि तथा पशुन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्र, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव, दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्र अधिकारी, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुँवर, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालसमेत १४ जना सरोकारवालाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार २०८० चैत्र मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ सम्म गरिसक्ने र वैशाख र जेष्ठको बाँकी बक्यौता रकमको भुक्तानी २०८१ भाद्र मसान्तसम्म गरिने भएको छ ।

यसअघि पनि सरकार र दुग्ध सहकारीबिच सहमति भएकाे थियाे । सहमित कार्यान्वयनमा नआएपछि किसान पुनः आन्दाेलमा उत्रिएका थिए । दुग्ध विकास संस्थान अगाडि धर्ना दिइरहेका किसान प्रहरीले पक्राउसमते गरेकाे थियाे ।

सहमतिसँगै सहमति कार्यान्वयनकाे प्रश्न पनि उठ्न थालेका छन् । कार्यान्वयनकाे राेडम्याप समेत बनाएर कार्यान्वयन गराउन राष्ट्रिय दुग्ध विकास बाेर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवकाे संयाेजकत्वमा समिति गठन गर्ने समेत सहमति भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !