२३ भाद्र २०८१, आइतबार

बुधवार सम्मै धेरै भारी वर्षा हुने

प्रकाशित मिति :  1 July, 2024 6:34 am


फाइल फाेटाे

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सोमवार बिहानीपख कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको तीन दिने मौसम पूर्वानुमान बुलेटिनका अनुसार बुधवारसम्मै धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुेन पूर्वानुमान विभागको छ ।

सोमवार कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोको छ ।

धेरै वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम रहेकाले सचेत रहन आव्हान गरिएको छ।

अझै तीन दिन दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने पूर्वानुमान विभागको छ ।

तीन दिनको मौसम पूर्वानुमान बारे जानकारी लिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !