२३ भाद्र २०८१, आइतबार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम भयो: शाही

प्रकाशित मिति :  1 July, 2024 4:15 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौँ महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएको आरोप लगाएका हुन् ।

उनले दलहरूको राजनीतिको कारण काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताए। उनले दलका नेताहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताए । उनले स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्नेमा जोड दिए ।

उनले मन्त्रीहरूले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरू बढी गरिरहेका भन्दै संसद्को भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनी लेखेर राख्न माग गरे ।



प्रतिक्रिया दिनुहोस !