२० असार २०८१, बुधबार

यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैनः ओली

प्रकाशित मिति :  1 July, 2024 5:22 pm


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताए । उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए ।

देश जनताले तपाईंलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस !