२० असार २०८१, बुधबार

खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भुमिका महत्वपूर्णः प्रधानमन्त्री

प्रकाशित मिति :  1 July, 2024 5:43 pm


काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रूपले विकास गर्न घरेलु प्रतियोगिताहरूको महत्वपूर्ण भुमिका हुने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरूको भुमिका उल्लेख्य हुने बताए ।

उनले प्रकाश दाहाल युवाहरूको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताए । उनले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभइ योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको बताए । प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !