२० असार २०८१, बुधबार

रोल्पाको माडीमा जिप दुर्घटना, आठको मृत्यु

प्रकाशित मिति :  1 July, 2024 9:01 pm


लिवाङ । रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जनाइएकाे छ।

पाँच जना गम्भीर घाइते भएकाे प्रारम्भिक जानकारी प्राप्त भएकाे छ। घाइतेकाे घर्तीगाउँ अस्पतालमा उपचार भइरहेकाे छ।

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं. ४ स्थित परेवा छहरामा करिब ४०० मिटर तल खसेको दुर्घटना लगत्तै घटनास्थल पुगेका माडी गाउँपालिकाका प्रेस सल्लाहकार तथा पत्रकार वुद्धिमान ओलीले जनाएका छन् ।

घटनाको पूर्ण विवरण भने आइसकेको छैन । दुर्घटनाको कारण, मृत्यु र घाइतेको सनाखतसमेतका विवरण लगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

पहिरो झदै गरेको अवस्थामा ड्राइभरले गाडि रोकेर पहिरो हेर्न जाँदा गाडि पछाडि सरेको र ड्राइभरले ब्रेक लगाउन जाँदा गाडि बाटोदेखि तल झरेको प्रारम्भिक जानकारी प्राप्त भएको ओलीले बताए।

तस्बिरः वुद्धिमान ओली



प्रतिक्रिया दिनुहोस !