२० असार २०८१, बुधबार

चौथो कौसी क्विन बनिन् अञ्जनी जोशी

प्रकाशित मिति :  1 July, 2024 9:35 pm


काठमाडौँ। चौथो संस्करणको कौसी क्वीनको ताज अन्जनी जोशीले पहिरिएकी छिन् ।

सोमबार काठमाडौँ नयाँवानेश्वरस्थित अर्यान होटेलमा सम्पन्न ‘कौसी क्वीन–२०८१’ कार्यक्रममा विजेता जोशीलाई कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले ताज पहिराएकी छिन्।

यो वर्षको कोसी क्वीनको फस्ट रनर अप गंगादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिर र थर्ड रनर अप कमल माया श्रेष्ठ भएका छन्।

उनीहरूलाई मन्त्री साह लगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेश प्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो ।

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसी खेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न निजी क्षेत्रबाट आफ्नो कम्पनीले कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस !