२१ असार २०८१, बिहिबार

संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन सकेनः मन्त्री भण्डारी

प्रकाशित मिति :  2 July, 2024 5:03 pm


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले संसदमा पेश भएको धेरै विषयहरूमा छलफल गर्न नपाएको कुरा आफूले महशुस गरेको बताए । उनले विभिन्न परिवेश र परिस्थितिले कानून निर्माणको कुरा ओझेलमा परेको महशुस भएको बताए ।

उनले आगामी दिनमा नीतिगत रुपमा रहेका कतिपय समस्यालाई हामीले सम्बोधन गर्नुपर्ने, यथेष्ट कानून निर्माण गर्नुपर्ने, सरकारको प्राथमिकता नीतिगत रूपमा सुधार गरेर अहिलेका जटिलता फुकाउन आवश्यक रहेको बताए । उनले जटिलता फुकाउँदै लगानीमैत्री वातारवण बनाउने, आन्तरिक र वाह्य लगानी बढाउने कुरामा सरकार गम्भीर रहेको बताए । मन्त्री भण्डारीले स्वदेशी उत्पादन वृद्धि गर्न सरकारले विभिन्न कामहरु गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !