२१ असार २०८१, बिहिबार

प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी नियुक्त

प्रकाशित मिति :  2 July, 2024 5:31 pm


काठमाडौँ । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।

राष्ट्रिपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका छन् ।

“राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका वडा नम्बर २ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !