१९ आश्विन २०८१, शनिबार

चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम रहने

प्रकाशित मिति :  3 July, 2024 6:52 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बुधवार बिहानीपख बागमती र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा चार प्रदेशमा धेरै भारी वर्षा र बाँकी प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

बुधवार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान छ ।

बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेको भन्दा विभागले सचेत बनाएको छ ।

क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वर्षा यो साताभर रहने पूर्वानुमान विभागको छ । विभागको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !