२३ असार २०८१, शनिबार

रास्वपा केन्द्रिय समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन पेश

प्रकाशित मिति :  3 July, 2024 2:36 pm


काठमाडाैँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय समिति बैठकमा महामन्त्री मुलुक ढकालको राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

बुधवार बसेको सो पार्टीको केन्द्रिय कार्य समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका हुन् ।

आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रशारण हुनुपर्ने माग सम्बोधन नभएपछि महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बसेको र उनको राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रस्तुत गरेकाे पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिए । प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो औंल्याइएको छ ।

तर प्रतिवेदन भित्रका कुरा आन्तरिक रूपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रिय समितिका सदस्यहरूले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाईभ हुन नसकेको रास्वपाले जनाएको छ । यसैबिच, रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाउको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । सहप्रवक्ता मनिष झाले सो समाचारमा कुनै सत्यता नरहेको प्रष्टयाएका छन् । उनले सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !