२३ असार २०८१, शनिबार

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राति बन्द रहने

प्रकाशित मिति :  3 July, 2024 4:47 pm


काठमाडौँ । नागढुंगा-नौबिसे सडकखण्‍ड दुई रात बन्द हुने भएको छ। (त्रिभुवन) राजपथ अन्तर्गत नौबिसे खोला पुलको काम गर्नुपर्ने भन्दै दुई रात उक्त सडकखण्‍ड बन्द हुने भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचनाअधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार पुलको ग्रिडर लन्चिङ गर्ने भएकाले बुधबार र बिहीबार राति बन्द रहनेछ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गका रूपमा धार्के-सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !