२३ असार २०८१, शनिबार

टिआरसी विधेयकमा सहमति जुटाउन गठित कार्य दलद्वारा प्रारम्भिक छलफल सुरू

प्रकाशित मिति :  3 July, 2024 5:23 pm


काठमाडाैँ । संक्रमणकालिन न्यायसँग सम्बन्धित (टिआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्य दलले छलफल सुरू गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको कार्य दलको बैठकले हत्याको परिभाषा कसरी गर्ने, बाल सेना र पीडित सुरक्षाकर्मीको मागलाई कसरी सम्बोधन गर्ने, पीडितले न्यायको खोजीमा फेरी अदालत जान पाउने, नपाउने, घटी सजायको माग दाबी लगायतका चार मुख्य विषयमा सहमती जुटाउनका लागि कार्य दलका आफ्नो प्रारम्भिक छलफल गरेको हो ।

पीडितलाई न्यायको प्रत्याभुति हुनेगरी विधेयकमा देखिएको विवादका विषयमा सहमती जुटाउने गरी छलफललाई बढाइएको कार्यदलका सदस्य समेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा नेताबिच सो विधेयकलाई छिटो टुंग्याएर चालु अधिवेशनमा सो विधेयक पारित गर्नेगरी अघि बढने समझदारी भएको छ । पीडितलाई न्याय दिलाउने र पीडितलाई दण्डको व्यवस्था हुनेगरी सो विधेयकमा सहमती जुटाउने गरी छलफल अघि बढाइएको कार्य दलका सदस्य बर्तौलाले बताए ।

प्रमुख तीन दलको सो विधेयकमा देखिएको विवाद समाधान गर्नका लागि एमाले बर्तौला, काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा सदस्य रहनुभएको कार्यदल गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !