२३ असार २०८१, शनिबार

महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय

प्रकाशित मिति :  4 July, 2024 12:35 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा हिजाे (बुधबार) बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने पार्टी अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । सहप्रवक्ता रहेका मनिष झा प्रवक्ता तोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस !