२३ भाद्र २०८१, आइतबार

चार मुद्दामा केन्द्रीत रहेर सुनको कोटा विरुद्धको आन्दोलन जारी राख्ने गुप्ताको घोषणा

प्रकाशित मिति :  4 July, 2024 8:09 am


काठमाडौँ। गहणा व्यवसायी नरेन्द्र कुमार गुप्ताले सुनको कोटा खारेजीका लागि सुरु गरेको आन्दोलनलाई तिब्रता दिने भएका छन् ।

श्री ऋद्धि सिद्धि ज्वेलर्सका सञ्चालक गुप्ताले सुनको कोटाका कारण सुन व्यवसायीमा वेथिति बढेको भन्दै आफू सदस्य रहेको नेपाल रत्न तथा आभूषण सङ्घकोसमेत विरोधमा उत्रेका हुन्।

नेपाल रत्न तथा आभुषण संघले गुप्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ भने उनको कम्पनीलाई सुनको कोटा उपलब्ध नगराउन बैंकर्स संघलाई पत्र काटेको छ ।

पत्र अनुसार बैंकले सुन दिन अश्विकार गरे पनि गुप्ताले आन्दोलन नरोक्ने बताएका हुन् ।

संघले पत्र काटेपछि उनले आन्दोलनबाट पछि नहट्ने सन्देश दिँदै गुप्ताले आफ्नो विरोधका कार्यक्रमहरु चार मुद्दामा केन्द्रीत रहने जनाएका छन् । जसमा उपभोक्ताको हित, कालीगढको हित, राज्यको हित र व्यवसायीको हितका विषय रहेका छन्।

कोटा प्रणालीले सुनको समुचित वितरण नभएको र सिमित व्यक्ति वा पसलले सिन्डिकेड गरेको भन्दै उनी निरन्तर विरोधमा छन्।

यसघि उपभोक्ताको हितको विषय मात्र बढी केन्द्रीत गरिएकोमा कतिपय मित्रहरुले नै गलत बुझेको उनको भनाइ छ। सुनको गहणामा ज्याला र जर्तिमा छुटको अफर ल्याएपछि व्यवसायी तथा कामदार पनि उनको अभियानप्रति शसंकित भएका थिए ।

गुप्ताले सामाजिक सञ्जालमार्फत् ‘आगामी दिनमा चार खम्बे नीतिमा आधारित आन्दोलन जारी रहने र यो कुनै व्यक्तिगत आन्दोलन भइ व्यवसायीको हितमा रहने’ बताएका हुन्।



प्रतिक्रिया दिनुहोस !