२४ असार २०८१, आइतबार

‘सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने काम नगर्नु’

प्रकाशित मिति :  4 July, 2024 4:19 pm


काठमाडौँ । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् ।

‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ’, महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !