२४ असार २०८१, आइतबार

निलम्बित महामन्त्री ढकालले सार्वजनिक गरे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

प्रकाशित मिति :  4 July, 2024 5:19 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । ३८ जिल्ला भ्रमणपछि तयार पारेको ३२ पेजको प्रतिवेदन बुधबार केन्द्रीय समिति बैठकमा छलफल भएपछि सार्वजनिक भएको हो ।

महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ७९ सर्वसाधारणसँग कुराकानी गरेको जनाएका थिए । त्यसक्रममा ८० किलोमिटर पैदल यात्रा गरेको उनले बताएका छन् । उनले यो यात्रका क्रममा ४ हजार २१६ किलोमिटर गाडीबाट गुडेको बताएका छन् ।

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ५ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेका थिए ।

प्रतिवेदनमा ढकालले पार्टीप्रति आमनागरिकले राख्ने धारणा, समस्या, कमजोरी, आगामी रणनीतिलगायतमा निचोड सुनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !