२४ असार २०८१, आइतबार

सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

प्रकाशित मिति :  4 July, 2024 6:21 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बिहीबार दिउँसो एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमालेबाट सोडारी सरकारमा तीन जना मन्त्री छन् । सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री छन् ।

एमालेले समर्थन फिर्ता लिएसँगै दीर्घ सोडारी नेतृत्वको सरकार दुई महिना नपुग्दै अल्पमतमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !