२ कार्तिक २०८१, शुक्रबार

आइतवारसम्म वर्षाको उच्च जोखिम, यी क्षेत्रमा जनजीवन प्रभावित हुने

प्रकाशित मिति :  5 July, 2024 6:30 am


काठमाडौँ। देशभर मौसम सक्रिय रहेकाले भारी वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले विशेष मौसम बुलेटिन जारी गर्दै शुक्रबारदेखि आईतबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

आइतवारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सचेत बनाएको छ।

बुलेटिनमा भनिएको छ, “दैनिक जन(जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।”



प्रतिक्रिया दिनुहोस !