२३ भाद्र २०८१, आइतबार

सशस्त्र प्रहरीले माग्यो ४८ जना इन्स्पेक्टर

प्रकाशित मिति :  5 July, 2024 8:33 am


काठमाडौँ । सशस्त्र प्रहरील बल नेपालले रिक्त रहेका विभिन्न पदमा अधिकृत स्तर (सशस्त्र प्रहरी निरीक्षक) का पदहरूमा ४८ जना कर्मचारी माग गरेको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि नयाँ भर्ना खुला गरिएको जानकारी दिएको छ ।

योग्यता पुगेका व्यक्तिले असार २१ (आज) गतेदेखि आगामी साउनको २० गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर साउन २९ सम्म आवेदन दिन सकिनेछ ।

2024-07-04-11-57-42-gopa-asar-21.pdf



प्रतिक्रिया दिनुहोस !