२३ भाद्र २०८१, आइतबार

बेलायतमा लेबर पार्टी जितको नजिक

प्रकाशित मिति :  5 July, 2024 10:00 am


एजेन्सी –बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने निश्चित भएको छ । हालै भएको निर्वाचनमा लेबर पार्टी ठुलो जित नजिक पुगेर सत्ता पुनरागमन निश्चित भएको हो।

हालसम्म घोषित परिणामअनुसार लेबर पार्टीले ६० सिट जितिसकेको छ । एग्जिट पोलहरुले लेबर पार्टीलाई ४ सय १० स्थान हासिल हुन सक्ने देखाएका छन्। सत्तारुढ ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टी भने जम्मा १ सय ३१ स्थानमा सीमित हुने अनुमान गरिएको छ ।

लेबरको जितसँगै नेता किएर स्टार्मर बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। यसअघि सन् २०१० मा लेबर पार्टीले जित्दा डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए ।

६१ वर्षिय कीर स्टार्मर २०२० को अप्रिलमा लेबर पार्टीको नयाँ नेता चुनिएका थिए ।



प्रतिक्रिया दिनुहोस !