२५ असार २०८१, सोमबार

वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्छ : अध्यक्ष नेपाल

प्रकाशित मिति :  5 July, 2024 12:23 pm


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।

शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए। नेपालले भने ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,’

उनले पार्टीहरू बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताउँदै अध्यक्ष नेपाललेसबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे।

‘हाम्रो पार्टीहरुको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ। सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ।

आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !