२५ असार २०८१, सोमबार

बेलायत चुनाव: सत्ताबाट बाहिरिने भए प्रधानमन्त्री सुनक, लेबर पार्टीलाई बहुमत

प्रकाशित मिति :  5 July, 2024 11:41 am


काठमाडौैं । बेलायतमा हालै सम्पन्न चुनावको मतपरिणाममा लेबर पार्टीले बहुमतको सरकार बनाउन पर्याप्त सीट जितेको छ ।

मतगणना जारी रहदा सरकार बनाउन आवश्यक ३२६ सिटको आँकडा पार गरेपछि कियर स्टार्मर नेतृत्वको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको छ।

वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो १५० सिट समेट कटाउन नसकेपछि कन्जरभेटिभ नेतृत्वको आलोचना सुरु भएको छ ।

यो समाचार तयार पार्दासम्म लेबर पार्टीले ४०९ सीट जितेकाे छ भने कन्जरभेटिभले ११४ सिट मात्र जितेको छ ।



प्रतिक्रिया दिनुहोस !