२५ असार २०८१, सोमबार

पेनाल्टी सुटआउटमा चुके मेसी, मार्टिनेजको उत्कृष्ट बचाउले अर्जेन्टिना सेमिफाइनलमा

प्रकाशित मिति :  5 July, 2024 12:04 pm


काठमाडौं । कप्तान लियोनल मेसी पेनाल्टी सुटआउटमा चुके पनि अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार बिहान अमेरिकास्थित टेक्सासको एनआरजी स्टेडियममा अर्जेन्टिना गोलकिपर इमिलियानो मार्टिनेजले इक्वेडरका दुई पेनाल्टी रोकेपछि सेमिफाइनलमा पुगेको हो।

साबिक विजेता अर्जेन्टिनाका कप्तान मेसीको पहिलो पेनाल्टी बारमा लागेर बाहिरियो । त्यसपछि मार्टिनेजले इक्वेडरका एन्जल मेना र एलान मिन्डाको प्रहारकाे उत्कृष्ट बचाउ गर्दै जिततर्फ अगाडी बढाए ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सम्पन्न भएको थियो। त्यसपछि सीधै नतिजा पेनाल्टी सुटआउटमा आएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टियल र निकोलास ओटामेन्डीले गोल गरेका हुन् ।

अब, सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !