१९ आश्विन २०८१, शनिबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय(सूचीसहित)

प्रकाशित मिति :  5 July, 2024 10:13 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले असार १७ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका २६ निर्णय एकसाथ सार्वजनिक गरेकी छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

उनले सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको बताइन् ।

त्यस्तै २०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २०८१ असार २४ देखि साउन १ सम्मको लागि सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाँललाई स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै भारतको नयाँ दिल्लीमा हुने १६ औँ एएसओएसएआई एसेम्ब्ली र नवौं एएसओएसएआई स्याम्पोइजम विषयक कार्यक्रममा महालेखापरीक्षक तोयम राया र उपमहालेखापरीक्षक विन्दु बिष्टलाई मिति २०८१ असोज ५ देखि ११ सम्म सहभागी हुन स्वीकृति दिने, चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इनल्याण्ड क्लियरेन्स डिपु (आइसीडि)/ इन्टीग्रेटेड चेक पोस्ट (आइसिपी) र अरनिको राजमार्गको माइन्टेनान्स स्लप स्टाबिलिजेशन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका लेटर अफ एक्सचेन्ज (एलओई) हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न, अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !