१९ आश्विन २०८१, शनिबार

उपत्यकासहित तीन प्रदेशका अधिकांश स्थानमा वर्षा जारी, देशभरका नदीको जलतह उच्च

प्रकाशित मिति :  6 July, 2024 6:55 am


काठमाडौँ। मनसुनको प्रभाव देखभर सक्रिय रहेको छ । शुक्रवार बेलुकादेखि उपत्यका सहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शनिवार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोले सचेत रहन आव्हान गरिएको छ ।

देशभरका नदीहरुमा जल तह उच्च रहेकाले उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । सोमवारसम्म नै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस !