१९ आश्विन २०८१, शनिबार

गुराँस गाउँपालिको कार्यालयमै कृषि उद्यमीको आत्महत्या प्रयास, महासंघको विरोध

प्रकाशित मिति :  6 July, 2024 8:17 am


काठमाडौँ । पालिकासँगको सम्झौता अनुरुप भुक्तानी नपाइएको र पटक पटक आनाकानी गरिएपछि युवा कृषि उद्यमी देवेन्द्र प्रसाद अधिकारीले दैलेखको गुराँस गाउँपालिका परिसरमै विष सेवन गरेर आत्महत्या प्रसास गरेका छन्।

अधिकारी संचालक रहेको नेपाल कृषि विकास फार्म प्रा.लि. र पालिकाबिच पूर्व मुल बिउ तथा हाईटेक नर्सरी स्थापनाका लागि सम्झौता भइ काम अगाडि बढाइएको तर पालिकाले समयमै भुक्तानी नगरेपछि अधिकारीले निराश भइ आत्महत्या प्रयास गरेको राष्ट्रिय कृषक समूह महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष पंचकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै उद्यमी र पालिकाबिच समस्या जेलिँदै जाँदा आत्महत्यासम्मको प्रयास हुनु गम्भीर भएको भन्दै विरोध गरेका छन्।

हाल सुर्खेत अस्पतालमा उपचार भइरहेका अधिकारीको स्वास्थ्य गम्भीर रहेको जनाइएकोछ । अधिकारीले आत्महत्या प्रयासअघि लेखेको १२ पृष्ठ लामो सन्देशमा पालिका प्रमुख लगायतले मर्न बाध्य पारको उल्लेख गरेका छन् ।

समस्या समाधानको लागि आव्हान गर्दै महासंघले भनेको छ, “युवा उद्यमीले राजय संयन्त्रबाट भएको सम्झौता अनुसार भुक्तानी नपाइँ हतोत्साहित भई देह त्याग गर्ने मनस्थिति बनाउनु पर्ने अवस्थको सिर्जना हुनु अत्यन्तै चिन्ताजनक अवस्था हो । महासंघ उहाँको जीवन रक्षा र सम्झौता अनुसार भुक्तानीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।”



प्रतिक्रिया दिनुहोस !