२० आश्विन २०८१, आइतबार

डेरी उद्योग संघको अध्यक्षमा पुनः दाहाल, यस्तो छ नयाँ कार्यसमिति

प्रकाशित मिति :  8 July, 2024 8:16 am


काठमाडौँ। डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दाहाल पुनः सर्वसम्मत चयन भएका छन् ।

काठमाडौँमा सम्पन्न १५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट राजधानी डेरी ललितपुरका सञ्चालक दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

संघको निर्वतमान अध्यक्ष नेपाल डेरी प्रालिका अरनिको राजभण्डारी समेत उपाध्यक्षमा सुजल डेरी प्रालिका निरञ्जन श्रेष्ठ, महासचिवमा आधुनिक डेरी प्रालिका विश्वराज वस्नेत र कोषाध्यक्षमा पञ्चशील डेरीका पुष्पराज वस्नेत चयन भएका छन्

कार्यसमिति सदस्यहरुमा सैंजु डेरीका जेनन सैंजु, मिलन डरी एण्ड फुड प्रालिका मिलन कु. सिंह, चितवन डेरीका राजुबाबु श्रेष्ठ, एनएमसी डेरीका रामचन्द्र उप्रेति, कन्ट्री फूड प्रालिका सन्तोषलाल श्रेष्ठ र श्रीकृष्ण डेरी उद्योग प्रालिकका सुरज सापकोटा चयन भएका छन्।



प्रतिक्रिया दिनुहोस !