१९ आश्विन २०८१, शनिबार

मंगलवारसम्म देशभर वर्षा हुने, चार प्रदेशमा अधिक वर्षाको सम्भावना

प्रकाशित मिति :  7 July, 2024 6:59 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।

आइतवार बिहानीपख देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आगामी तीन दिनसम्म देशभर वर्षा जारी रहनेछ ।

विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गरिरएको छ ।



प्रतिक्रिया दिनुहोस !