१९ आश्विन २०८१, शनिबार

नवलपरासीमा नदीले बगाएको दाउरा टिप्ने क्रममा एक जना बेपत्ता

प्रकाशित मिति :  7 July, 2024 11:02 am


काठमाडौँ । सुस्ता पश्चिम नवलपरासीमा नारायणी नदिले बगाएर एक जना बेपत्ता भएका छन ।

शनिवार सुस्ता गाउँपालिका को-५ बेलवानि बस्ने राम केवल चमारको ३३ वर्षिय छोरा अर्जुन चमार नदिले बगाएर ल्याएको दाउरा संकलन गर्नेक्रममा नदिले बगाएर बेपत्ता भएका थिए ।

शनिवार साझ पाैने ५ बजे घरदेखि २ किलोमिटर पुर्वतर्फ रहेको नारायणीमा नदिले बगाएर ल्याएको दाउरा संकलन गर्नेक्रममा नदीबाट बेपत्ता भएका हुन । उनको खोजी कार्य भएपनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !