१९ आश्विन २०८१, शनिबार

गण्डक ब्यारेजका पनि ३६ ओटै ढोका खोलियो

प्रकाशित मिति :  7 July, 2024 11:56 am


काठमाडौं । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएको गण्डक व्यारेजका सम्पकए अधिकृत काशिनाथ हरिजनले जानकारी दिए ।

उनले भने नदिमा पानिको सतह बढ्दै गएपछि विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबान पर्‍यो त्यसपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो ।

ब्यारेजका अधिकृत हरिजनकाअनुसार आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको थियो ।

नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ

। गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !